Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा

पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा

  • 3.2K
    SHARES

  • पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा

    बुटवल,मङ्सिर २९ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो ।

    उच्चको आदेशपछि शुक्रबार धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।

    शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो । प्रतिवादीविरुद्ध चार कसुरबाहेक विभाग र अख्तियारबाट समेत थप अनुसन्धान गर्नुपर्ने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो ।

    खाणलाई बिहीबार उच्च अदालतले ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालतमा पुगेका थिए । त्यहाँ धरौटी बुझाएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेकाले विभागले बयान लिएको थियो । बयानपछि विभागले उनीसँग १५ लाख रुपैयाँ धरौटी लिएर छोड्ने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology