बुटवल,मङ्सिर २९ ।
पत्रकार महेन्द्र पाण्डेको ५३ वर्षको उमेरमा निधन भएको छ । गुल्मीको रेसुंगा घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आउनु भएका पाण्डे बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी हुँदा अचानक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाण्डेको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। पाण्डे ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक र गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति हुनुहुन्थ्यो ।
पाण्डेका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ । पाण्डेले कोरोनाको क्रममा उहाँकी बहिनी र त्यसअघि भाइको शोक सहनु परेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)