Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा वडा न ६ का ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान

तिलोत्तमा वडा न ६ का ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान

  • 1.2K
    SHARES

  • तिलोत्तमा  वडा न ६ का ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान

    बुटवल,मंसिर २६ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ६ कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा नम्बर ६ मा बस्ने ८०बर्ष देखि ८५ वर्ष सम्मका ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

    उहाँहरुको स्वास्थ्य परीक्षण गरी कम्मल, यातायात खर्च र सम्मान–पत्रसहित सम्मान गरिएको वडाअध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो । वडाध्यक्ष पाठकका अनुसार गतबर्ष पनि वडामा यसप्रकारको कार्यक्रम गरिएको थियो । ‘ज्येष्ठ नागरिकलाइ सम्मान गर्न सके पो नयाँपुस्ताले सिक्छन् र सबैले सम्मान पाइन्छ । ’ उहाँले भन्नुभयो ।  

    सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले परिवारको खुसी भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताउनुभयो ।आफ्ना बुवाआमालाई राम्रोसँग हेरचाह नगरेको कुनै समस्या पालिकाभित्र देखापरेका नगरमा खबर गर्न समेत उनले आग्रह गर्नुभयो ।

    ठुलाबडाको आशीर्वादले नै साना अघि बढ्न सक्छन्, उहाले भन्नुभयो– ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्न नजान्ने सन्तानले सुख पाउँदैन । ’संस्कार, रिती रिबाज जोगाउन समेत ज्येष्ठ नागरिकले सिकाउने भन्दै उहाँले पालिकाले उहाहरुका लागि विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी समेत दिनुभयो ।

    सम्मानित ज्येष्ठ नागरिकले आफुहरुलाइ खुसी लागेको भन्दै धन्यबाद ज्ञापन गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology