Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

धनगढीमा२ किलो ८ सय ग्राम लागुऔषध चरेससहित एम्बुलेन्स चालक पक्राउ

धनगढीमा२ किलो ८ सय ग्राम लागुऔषध चरेससहित एम्बुलेन्स चालक पक्राउ

  • 861
    SHARES

  • धनगढीमा२ किलो ८ सय ग्राम लागुऔषध चरेससहित एम्बुलेन्स चालक पक्राउ

    धनगढी, मंसिर २५ ।

    प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका-३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।

    खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

    पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology