Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नेता शेखरले आफू पक्षका नेताहरूको बोलाए बैठक

कांग्रेस नेता शेखरले आफू पक्षका नेताहरूको बोलाए बैठक

  • 774
    SHARES

  • कांग्रेस नेता शेखरले आफू पक्षका नेताहरूको बोलाए बैठक

    काठमाडौं, मंसिर २४ ।

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूको बैठक बोलाएका छन्।राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कोइरालाले बैठक बोलाएका हुन्।

    बैठक मंगलबार दिउँसो बत्तिसपुतलीमा बस्ने तय भएको छ।कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले बैठक तय भएको सेतोपाटीलाई बताए। ‘राष्ट्रिय सभा चुनावलगायत विषयमा छलफल गर्न उहाँ (शेखर) ले बैठक बोलाउनु भएको हो,’ उनले भने।

    कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर २९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। उक्त बैठकअघि कोइरालाले संस्थापनइतर समूहको बैठक राख्न लागेका हुन्।

    ०७८ मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित भएका थिए। त्यसपछि उनले बेलाबेला विभिन्न विषयमा सामूहिक धारणा बनाउन भन्दै आफू पक्षका नेताहरूसँग छलफल गर्ने गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology