Logo बुधवार, श्रावण १३ गते २०८३
images

अब सीप बिनाको शिक्षाले कुनै अर्थ राख्दैन : नगरप्रमुख खेलराज पाण्डेय (भिडियाे)

अब सीप बिनाको शिक्षाले कुनै अर्थ राख्दैन : नगरप्रमुख खेलराज पाण्डेय (भिडियाे)

  • 2.1K
    SHARES

  • अब सीप बिनाको शिक्षाले कुनै अर्थ राख्दैन :  नगरप्रमुख खेलराज पाण्डेय (भिडियाे)

    बुटवल, मंसिर २४ ।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शिक्षालाइ सीप र प्रविधिलाई जोडेर अघि बढ्नुपर्ने बताएका छन् उनले अब युवा आर्कषणको योजना ल्याउनुपर्ने बताए । ब्यावहारिक शिक्षामार्फत स्वरोजगार बनाउँदै युवा पलायन रोक्न सकिने सम्भावना रहेको उनले दाबी गरे ।

    बुटवल कालिका क्याम्पसको बार्षिक उत्सव तथा अभिभावक दिवसको मूल समाराेहलाइ सम्बाेधन गर्दै उनले नगरको विकासको आधार शिक्षा, स्वस्थ्य, सरसफाई र उज्यालो बुटवल भएको दाबी गर्दै यसलाई अघि बढाउन थालेको बताए ।

    शैक्षिक क्षेत्रबाट देशमै कालिकाले उत्कृष्ट काम गरेको उनले बताए । क्याम्पसको विकासलाई अनुसरण गर्दै बुटवल नगरलाई उत्कृष्ट बनाउने उनले प्रण गरे । विद्यालयबाट क्याम्पससम्मको यात्रा र उपलब्धि निक्कै उदाहरणीय रहेको भन्दै उनले शिक्षा पाउने प्रकृति फेरिएको बताए ।

    समयसापेक्ष सीप बिनाको शिक्षा अपुरो हुने भन्दै उनले सीप सिकाउने गरी अघि बढाउन जरुरी रहेको बताए । पालिकाबाट सिपमुलक तालिमहरु दिएर युवाहरुलाई स्वरोजगार बनाउने गरी अघि बढाएको उनले बताए । बुटवलबाट मेयर ईलम, उपप्रमुख उद्यम, गृहणी उद्यम लगायत धेरै अभियान चलाएर युवाहरुलाई सीप सिकाउँदै आएको उनले बताए । शिक्षामात्र नभई व्यवहार ज्ञान पनि अगाडि हुने गरी पहिचान बनाउन जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा क्याम्पसका प्राचार्य घनश्याम पाठकले सरकारबाट दीर्घकालिन सोच र योजना नबनाउदा युवाहरु वैदेशिक शिक्षामा पुगेको दुखेसो गरे । युवाहरुलाई देशमै रोक्ने गरि समग्र देशका राजनीतिज्ञहरु लाग्नुपर्ने उनले सुझाव दिए । ‘युवा शक्तिलाई देशमा उपयोग गर्ने योजना बनाउन जरुरी छ’— उनले भने । प्रविधिलाई अंगालेर शिक्षालाई अघि बढाउनुपर्ने उनले बताए । देशलाई समृद्ध बनाउनका लागि युवाको चाहना अनुसार प्रविधि ल्याएर अघि बढाउनुपर्ने सुझाव दिए ।

    त्रिभुवन क्याम्पसको सबैभन्दा कान्छो क्याम्पस भएर पनि धेरै उपलब्धि हासिल गरेको उनले बताए । शिक्षाबाट बुटवललाई चिनाउन सकेको भन्दै उनले देशकै ६ वटा उत्कृष्ट विद्यालयमध्ये पहिलो र छैटो विद्यालय रहेको उनले दाबी गरे । यो उपलब्धिलाई यथास्थितिमा राख्ने चुनौती अब आईपरेको उनले बताए ।

    अन्नपूर्ण मोडल कलेजलाई सामुदायिकमा गाभेर संचालन गर्ने गरी निर्णय गरिएको समेत बनाए । बुटवललाई धार्मिक, सास्कृतिक, ऐतिहासिक, सामरिक, पर्यटकीय, औद्योगिक नगरीको रुपमा पहिचान गराउन सकिने धेरै सम्भावनाहरु रहेको उनले दाबी गरे ।

    युवाहरुलाई देशमा रोक्ने गरि राजनीतिक दलहरु लाग्नुपर्ने अवस्था आएको उनले बताए ।कार्यक्रममा क्याम्पसका पुर्व अध्यक्ष अर्जुनमान सैजुले शिक्षा सुधारको चासो समुदायको सबैको दायित्व भएको बताए । कति वर्ष पुरानो भएभन्दा पनि दक्षता विकास गर्ने काम युवा वर्ग र आधुनिक प्रविधिको सिकाईबाट हुने उनले बताए ।

    kalika campus.jpg

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामप्रसाद क्षेत्री, अभिभावक संघ लुम्बिनी प्रदेशका लोकनाथ ज्ञवाली, क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, बिबिएस संयोजक बुद्धिराम चौधरीले क्याम्पसमा शैक्षिक पुरस्कार वितरण अन्तर्गत बिसिए, बिबिएस, शिक्षा समुहको परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ४२ जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कार वितरण गरेका छन् ।

    यसैबिच पत्रकारीता क्षेत्रबाट शैक्षिक क्षेत्रको प्रचारप्रसारमा योगदान दिएको भन्दै पत्रकार स्वस्तिक श्रेष्ठलाई नगदसहित दोसल्ला, प्रमाणपत्रबाट सम्मान गरिएको छ ।यसैगरी क्याम्पसको विकासमा योगदान दिएका शिक्षक अरबिन्द्र दुबे, शिक्षक नरेन्द्र पौडेल,उत्कृष्ट शिक्षक बिसिए भुवन पन्थी र बिबिएस केशव न्यौपानेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

    sammann.jpg

    विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित क्याम्पसमा आयोजना गरिएको टेक्नो म्यानेजमेन्ट जेस्ट २०८० मा सहभागीमध्ये ३ विधामा पुरस्कार गरिएको छ । जसमा उत्कृष्ट प्रोजेक्ट एटेण्डेन्ट म्यानेजमेन्ट सिस्टम विथ एआई, उत्कृष्ट कन्सेप्ट हाते गुन्दुक र उत्कृष्ट प्रदर्शन सेल्फ ड्राईङ कार विथ जेनेटिक एआई लाई नगदसहित पुरस्कृत गरिएको छ ।

    कार्यक्ममा बुटवल कालिका क्याम्पसको पहिलो मुखपत्र ‘नया कदम’ विमोचन गरिएको छ । दश वर्षअघि शुरुवातमा ३४ जना विद्यार्थीबाट शुरु भएको क्याम्पसमा अहिले ३ हजार बढी विद्यार्थी छन् ।

    dance.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology