Logo शनिवार, आश्विन ३ गते २०८३
images

बुटवलमा ४० कन्याको ईही यज्ञ र ५ जना बालकको क्यता पूजा सम्पन्न

बुटवलमा ४० कन्याको ईही यज्ञ र ५ जना बालकको क्यता पूजा सम्पन्न

  • 1.2K
    SHARES

  • बुटवलमा ४० कन्याको ईही यज्ञ र ५ जना बालकको क्यता पूजा सम्पन्न

    बुटवल,मंसिर २२ ।

    नेवा पुचः नेवा समाज विकास परिषद बुटवलको आयोजनामा बुटवलमा २ दिने सामुहिक ईहि यज्ञ (बेल बिबाह) तथा क्यता पूजा (ब्रतबन्ध) सम्पन्न भएको छ।

    इही तथा क्यता पुजाको सन्दर्भमा नेवा पुचःको परिसरबाट शुरु भएको कन्या तथा बटुकहरु सहितको रयाली कालिका मन्दिरमा आएर औपचारिक रुपमा यज्ञ शुरु भएको थियो।

    सामुहिक ईही यज्ञबाट कन्याको खर्च कटौती हुनुको साथै नेवारी पण्डित मार्फत विधिवत सिकाईने गरिएको नेवा पुचःका अध्यक्ष काजीमान श्रेष्ठले नागरिक अनलाइनलाई बताए। मंसिर २१ र २२ गते दुई दिन भएको कार्यक्रममा नेवारी पंडित हरिशरण राज उपाध्यायले विधिपुर्वक यज्ञ सम्पन्न गराएको उनले बताए।newar.jpg

    बिसं २०५६ स्थापना भएर परिषदबाट २०५८ सालदेखि नियमित ईही र क्यता पुजा गरिदै आएको छ। कार्यक्रममा साधारण, नौ कन्या, पञ्च कन्या र मुल कन्या गरि ४० कन्याको ईही यज्ञ र ५ जना बालकको क्यता पुजा भएको संयोजक टुपला लाकोलले बताईन।

    नेवा पुचःका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा  ज्ञानु लिगल,दिल्ली कुमार श्रेष्ठ ,चिरञ्जीवी श्रेष्ठ ,मोती श्रेष्ठ ,अजय श्रेष्ठ ,लक्ष्मी श्रेष्ठ लगायतले बाेलेका थिए ।eyagya.jpg

    नेवारी संस्कार संस्कृतिको जगेर्नाका लागि परिषदबाट सामुहिक ईही यज्ञ हुँदै आएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology