Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लक्ष्मी नारायण दिव्य धामकाे निर्माण कार्य अन्तिम चरणमा

लक्ष्मी नारायण दिव्य धामकाे निर्माण कार्य अन्तिम चरणमा

  • 1.8K
    SHARES

  • लक्ष्मी नारायण दिव्य धामकाे निर्माण कार्य अन्तिम चरणमा

     काैरव खत्री /बागलुङ,मंसिर २२ ।

    बागलुङको गलकोट नगरपालिका वडा न ९ रिस्मी छिस दरबार स्थित श्री लक्ष्मी नारायण विविध सेवा दिव्य धाम मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साथै त्यसक्षेत्रकाे समुदायकाे आस्थाको धरोहरकाे रूपमा रहेको मन्दिर सहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    पुरानो लक्ष्मी नारायण मन्दिर जिर्ण र पुरानो बन्दै गएपछि स्थानीयहरुले मन्दिरको नयाँ भवन निर्माणका लागि महायज्ञ सञ्चालन गरेका थिए । साथै २०७८ सालमा पञ्चकुण्डीय हवनात्मक साङ्ग लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सवबाट संकलित रकमबाट अहिले धमाधम मन्दिर निर्माण सहित अन्य संरचना निर्माणका काम अन्तिम चरणमा पुगेको मन्दिर समितिका अध्यक्ष ईन्द्रमणी सापकोटाले जानकारी दिनुभयो ।

    साथै उहाँले मन्दिरसंगै महायज्ञको उदेश्य अनुसार गौशाला र वृद्धाश्रम निर्माणको काम पनि अन्तिम चरणमा पुगेको सापकोटाकाे भनाइ छ । साथै महायज्ञबाट संकलन भएकाे रकमले जग्गा खरिद, वृद्धाश्रम भवन लगायतका संरचना निर्माण कार्य भइरहेकाेले अवको ३/४ महिना भित्रै मन्दिरकाे निर्माण कार्य सम्पन्न हुने मन्दिर समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो । त्यस्तै पर्यटकीय हिसाबले पनि लक्ष्मीनारायण मन्दिरमा महत्त्वपूर्ण मानिन्छ ।

    २०२५ सालमा स्थापना भएको लक्ष्मीनारायण मन्दिर जीणद्धार जिर्णोद्वार एवं विविध सेवा सहितको दिव्यधाम निर्माणसंगै यसको संरक्षण र संम्वद्वनका लागि समेत सबै एकजुट हुने समिति सदस्य एवम् स्थानीय समाजसेवी प्रेम सागर सापकोटाले बताउनुभयो । साथै उहाँले अग्रजले स्थापना गरेको ऐतिहासिक मन्दिर संरचनाकाे निर्माणसंगै यस्तो सम्पदाकाे अस्तित्व जिवन्त राख्ने विषयमा समेत समिति क्रियाशिल रहने उहाँको भनाई छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology