Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासंघमा ‘सञ्चार माध्यममा लैंगिक संवेदनशिलता’ बिषयक अन्तरसंवाद

पत्रकार महासंघमा ‘सञ्चार माध्यममा लैंगिक संवेदनशिलता’ बिषयक अन्तरसंवाद

  • 1.6K
    SHARES

  • पत्रकार महासंघमा  ‘सञ्चार माध्यममा लैंगिक संवेदनशिलता’ बिषयक अन्तरसंवाद

    बुटवल,मंसिर १९ ।

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ रुपन्देहीले बुधबार ‘सञ्चार माध्यममा लैंगिक संवेदनशिलता’ बिषयक अन्तरसंवाद कार्यक्रम गरेको छ । अन्तरसंवादमा सञ्चारमाध्यमहरु पनि लैंगिक रुपमा समावेशि हुनुपर्ने, बिषयबस्तु उठानमा लैंगिक संवेदनशिलता र लैंगिक नीति निर्माणमा चुकेको भन्दै यसतर्फ ध्यान दिन सुझाव दिइएको छ ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि भरतबहादुर विकले लैंगिक हिंसा विरुद्धको अभियानका सन्दर्भमा सञ्चारमाध्यममा लैंगिक संवेदनशिलता कार्यक्रम राख्नु आफैमा सकरात्मक रहेको बताए । उनले रुपन्देहीमा घरेलु हिंसा, यौनजन्य हिंसा, मानव वेचविखन देखिएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जालबाट भएका हिंसाका मुद्धाहरु बढ्ेको बताए ।

    उनले लैंगिक हिंसाले महिला र पुरुष हिंसाको कुरा गरेपनि रुपन्देहीमा महिला हिंसा नै बढी रहेको बताए । उनले बिशेष गरी आफन्तहरुबाट बालिकाहरु यौनजन्य हिंसाको शिकार भएकाले यसतर्फ प्रहरीले संवेदनशिल रुपमा अध्ययन अनुसन्धान गरिरहेको बताए । प्रहरी प्रमुख विकले सञ्चारमाध्यमले हिंसामा परेकाहरुको सन्दर्भमा नाम, तस्विर र उनको बिषय उठान गर्दा संवेदनशिल हुन समेत आग्रह गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले रुपन्देहीमा महिला सञ्चारकर्मीहरुलाई असुरक्षा नरहेको बताए । उनले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा पत्रकार महासंघ संस्थागत रुपमा गत वर्षदेखि कार्यक्रमको हिसाबले जोडिएको बताउँदै लैंगिक हिंसा विरुद्धका समाचार सम्प्रेष्णमा रुपन्देहीका पत्रकारहरु संवेदनशिल रहेको बताए ।

    महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले स्वागत गर्दै लैंगिक हिंसाको अभियान चलिरहदा सञ्चारमाध्यममा पनि लैंगिकताको अवस्था कस्तो छ भनेर समिक्षा गर्न कार्यक्रम गरिएको बताईन ।

    अन्तरसंवाद कार्यक्रममा अग्रज पत्रकार गुरुदत्त ज्ञवाली, माया गौतम, प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष कल्पना तिवारी लगायतले बोल्दै लैंगिक हिंसा विरुद्धको अभियानमा पत्रकारिताको तर्फबाट प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन सहसचिव माया केसीले गरेकी थिईन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology