Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीले पुत्ला दहन गर्दै

पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीले पुत्ला दहन गर्दै

  • 1.2K
    SHARES

  • पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीले पुत्ला दहन गर्दै

    काठमाडौँ,मंसिर २० ।

    नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले न्यायाधीशको पुत्ला दहन गर्ने भएको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो ।

    देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।नेकपाका नेता अनिल शर्मा विरहीले काठमाडौँ उपत्यका लगायत देशैभर एक साथ पुत्ला दहन हुने बताएका छन् । यस्तै पक्राउ पुर्जीविरुद्ध बुधवार ३ बजे तीन ठाउँमा पुत्ला दलहन गर्न लागिएको काठमाडौँ ब्युरो इन्चार्ज बल थापाले जानकारी दिए ।

    ‘दिउँसो ३ बजे न्यायाधीशविरुद्ध तीन ठाउँमा पुत्ला दहन गर्ने कार्यक्रम छ । ठाउँ यकिन भएको छैन । काठमाडौँ, ललितपुरमा पार्टीले र एक ठाउँमा विद्यार्थीले पुत्ला दहन कार्यक्रम राखिएको छ’, उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology