Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन महासचिव थापा अमेरिकामा

फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन महासचिव थापा अमेरिकामा

  • 3.4K
    SHARES

  • फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन महासचिव थापा अमेरिकामा

    काैरव खत्री/ गुल्मी १९ मंसिर ।

    नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घम बहादुर थापा अमेरिका जानुभएकाे छ। साथै युस आईटीएफको निमन्त्रणामा २०२३ डिसेम्बर ९ तारिखमा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा सहरमा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन आज मंगलवार अमेरिका जानु भएकाे हाे ।

    साथै युस आईटीएफले थापालाई विशिष्ट अथिति एवम् रेफ्रीको भूमिकाको लागि निमन्त्रणा गरेको थियो ।

    महासचिव थापालाई नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले राष्ट्रिय  खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला,नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका बरिस्ठ उपाध्यक्ष बासूदेब भट्ट,उपाध्यक्ष एवम् प्रमुख प्रशिक्षक  उमेश राजथला,सचिव  अञ्जना शिवाकोटी, रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठ  पूर्व महासचिव अञ्जु रावत,बागमती प्रदेश तेक्वान्दो संघका कोषाध्यक्ष आशिष कार्की लगायतको विशेष उपस्थितमा बिदाइ गरेको महासंघका अध्यक्ष प्रवीण कुमार कार्कीले जानकारी दिनुभयो ।

    महासचिव थापाले निमित्त महासचिवको जिम्मेवारी महासंघका सचिव अञ्जना सिवाकोटीलाई दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology