Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पाण्डवखानी माविलाई थापा परिवारले दिए आठ लाख

पाण्डवखानी माविलाई थापा परिवारले दिए आठ लाख

  • 1.3K
    SHARES

  • पाण्डवखानी माविलाई थापा परिवारले दिए आठ लाख

    कौरव खत्री/बागलुङ,मंसिर  १९।

    बागलुङको पाण्डवखानी  माध्यमिक विद्यालयकाे बृहत आर्थिक  अभियान अन्तर्गत सहयोग संकलन  जुट्दै जान थालेको छ ।

    गलकाेट नगरपालिका १० पाण्डवखानी स्थित पाण्डवखानी माध्यमिक विद्यालयको हिरक जयन्ती महोत्सवको अवसरमा  गलकाेट नगरपालिका वडा नं. १० पाण्डवखानी बगरमा जन्मभई  हाल बेलायत यूकेलाई कर्मथलाे बनाउदै आउनु भएका यस हीरक जयन्ती महोत्सव मूल कार्यकारिणी समिति सदस्य एवं  विद्यालयका भूतपूर्व विद्यार्थी समाजसेवी एवम् शिक्षाप्रेमी  कुमार  थापा,प्रेम थापा, राम थापाकाे परिवारजनबाट यस विद्यालयकाे लागि ८ लाख,आठ हजार, आठ सय,अठासी रूपैयाँ आर्थिक दान सहयोग  प्रदान गर्नुभएको पाण्डवखानी  माध्यमिक विद्यालयका प्रधानाध्यापक नर  बहादुर सुनार नविनले जानकारी दिनुभयो ।

    साथै विद्यालय स्थापना भएको ६२ओैँ बर्ष पुरा गरेकाे अवसरमा विद्यालयमा हुन लागेकाे वार्षिकोत्सव तथा हीरक जयन्ती महाेत्सवको अवसरमा “समय सापेक्ष गुणस्तरीय शिक्षा; सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा ” भन्ने मुल नारा सहित यहि मंसिर २९ गते देखि पाैष ३ गतेसम्म विद्यालयमा  तथा हिरक जयन्ती महोत्सव गर्न लागिएको छ ।

    sc.jpg

    साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा प्राविधिक धारसहितको उच्च शिक्षाको जग बसाल्ने मुख्य लक्ष्यका साथ हीरक जयन्ती महोत्सव मनाउन गइरहेकाे विद्यालयका  प्रधानाध्यापक  सुनारले जानकारी दिनुभयो ।

    साथै हिरक जयन्ती महाेत्सवका अवसरमा हिज्जे प्रतियोगिता, गणित दौड, हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता,पूर्व विद्यार्थीवीच मैत्रीपूर्ण भलिवल तथा व्याडमिन्टन प्रतियोगिता,विशिष्ट राष्ट्रिय व्यक्तित्वबाट बृहत शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम,दानवीर सम्मान, विशिष्ट सामाजिक प्रतिष्ठा र ख्याती कमाएका पूर्व विद्यार्थी सम्मान, भवनदाता सम्मान, छात्रवृत्तिदाता र अक्षयकोषदाता सम्मान, अमूल्य योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान लगायत राष्ट्रिय कलाकार तथा  स्थानीय घाटु, सोरठी, यानीमाया, ठाडो भाका सहित  विद्यार्थीहरूका साँस्कृतिक प्रस्तुतिहरू  सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology