Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस लुम्बिनीको निर्णय : सरकारमा जाने व्यक्तिलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्ने

कांग्रेस लुम्बिनीको निर्णय : सरकारमा जाने व्यक्तिलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्ने

  • 1.5K
    SHARES

  • कांग्रेस लुम्बिनीको निर्णय : सरकारमा जाने व्यक्तिलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्ने

    बुटवल,मंसिर १८ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अबदेखि निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने निर्णय गरेको छ । दुई दिनसम्म बुटवलमा चलेको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले सो निर्णय गरेको हो । लुम्बिनी प्रदेशको प्रथम सम्मेलनपछि सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले निर्वाचन पूर्व कुनै गठबन्धन नगर्ने बताएका हुन् ।

    साथै कांग्रेस लुम्बिनी प्रदेशले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ । सरकार भद्रगोल देखिएको भन्दै संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन चुस्त मन्त्रिमण्डल र विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रदेश समितिले निष्कर्ष निकालेको कांग्रेस लुम्बिनी प्रदेशका सभापत्ति पुनले बताए ।

    पार्टीका तहगत आधारमा सकारी निकायको निर्धारण, निर्देशन, नियन्त्रण र समन्वय तथा मूल्याङ्कनसम्बन्धी तहले गर्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए । पार्टी संगठनलाई व्यवस्थित गर्न अनुशासनलाई विधिगत आधारमा चुस्त गराउने, पार्टीका सबै समिति एवं पदाधिकारीका कार्यप्रगति प्रविधिमैत्री शैलीमा उपलब्ध गर्ने/गराउने पनि सम्मेलनले निर्णय गरेको छ ।

    कोषाध्यक्ष पद निर्वाचित हुने व्यवस्था गर्ने, समानुपातिक र लाभका पदलाई व्यक्तिको जीवनकालका लागि एक पटकमात्र हुने व्यवस्था गर्ने तर, समावेशीताको आधारभूत सिद्धान्त बमोजिम हुनेगरी मात्र अवसर दिनुपर्ने, एउटै तहको कार्यसमितिमा बढीमा दुई पटक मात्र मनोनित गर्न पाउनेलगायत निर्णय कांग्रेस लुम्बिनीले जनाएको छ ।

    पार्टीमा उठेको लेबी जुन तहले उठाएको हो सोही तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, ७५३ वटै पालिकाका सभापति प्रदेश महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्न पनि प्रदेश समितिले माग गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology