Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

स्कूल बसको ठक्करबाट दुईजनाको मृत्युपछि बसमा आगजनी

स्कूल बसको ठक्करबाट दुईजनाको मृत्युपछि बसमा आगजनी

  • 1.1K
    SHARES

  • स्कूल बसको ठक्करबाट दुईजनाको मृत्युपछि बसमा आगजनी

    भैरहवा, मङ्सिर १६ ।

    रुपन्देहीमा स्कूल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । लुम्बिनी– ककरहवा सडकखण्ड अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको जानकारी दिनुभयो ।

    सूर्यपुराको सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । दुर्घटनापछि जम्मा भएका स्थानीयले स्कुल बसमा आगजनी गरेका छन् । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

    स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर १६ २०८००७:०१:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology