Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

अर्घाखाँचीका दुई हजार ७६ जना बालबालिकालाई पूर्ण खोप

अर्घाखाँचीका दुई हजार ७६ जना बालबालिकालाई पूर्ण खोप

  • 816
    SHARES

  • अर्घाखाँचीका दुई हजार ७६ जना बालबालिकालाई पूर्ण खोप

    सन्धिखर्क, मङ्सिर १६ ।

    जिल्लाका दुई हजार ७६ जना १६ देखि २३ महिनाका बालबालिकालाई पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै जिल्लालाई पूर्ण खोप घोषणा समेत गरेको छ । 

    जिल्ला खोप समन्वय समिति, जिल्ला कोभिड खोप अभियान सञ्चालन तथा अनुगमन समितिको संयुक्त बैठकले पूर्ण खोप जिल्ला घोषणा गरेको हो । प्रतिवेदनअनुसार जिल्लाका दुई हजार कुल दुई हजार ७६ जना बालबालिकामध्ये दुई हजार ६२ जनाले खोपकार्ड प्राप्त गरेका छन् । १४ जनाले खोप कार्डको प्रक्रियामा छन् । 

    पूर्ण खोप प्राप्त गरेका बालबालिकामध्ये सितगंगा नगरपालिकामा सबैभन्दा धेरै ५८९ जना रहेका छन् । भूमिकास्थान नगरपालिकामा ३८६, सन्धिखर्क नगरपालिकामा ३२५, मालारानी गाउँपालिकामा २६५, छत्रदेव गाउँपालिकामा २३५ र पाणिनी गाउँपालिकामा २७६ जनाले पूर्ण खोप पाएका छन् ।  

    बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पूर्ण खोप घोषणापछि  खोपको सुनिश्चितता र दिगो हुन आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले पूर्ण खोप निरन्तरता र सुनिश्चिततामा जोड दिनुभयो । 

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव सार्कीले भन्नुभयो, “बच्चालाई पूर्ण खोपको सवालमा अर्घाखाँचीले उल्लेखनीय सफलता हासिल गरेको छ । हामी उत्साहित छौँ । नागरिकमा पनि चेतनास्तर वृद्धि भएको पाइएको छ ।”

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology