Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीमा ३ दिदीबहिनीले ल्याए स्टील घर निर्माणको अवधारणा

रुपन्देहीमा ३ दिदीबहिनीले ल्याए स्टील घर निर्माणको अवधारणा

  • 1.2K
    SHARES

  • रुपन्देहीमा ३ दिदीबहिनीले ल्याए स्टील घर निर्माणको अवधारणा

    बुटवल,मंसिर १५।

    रुपन्देहीमा ३ दिदीबहिनी मिलेर नयाँ सैलीको सुरक्षित र हलुका घरको अवधारणा ल्याएका छन् । सृष्टी गुरुङ, सोनाली गुरुङ र सिल्पी गुरुङ मिलेर आइटि स्टील स्टक्चर सोलुसन प्रा. लि. मार्फत स्टिल स्टक्चरमा आधारित घर निर्माण गरिरहेका छन् । 
    रुपन्देहीको कञ्चन गाउँपालिकाको लौसामा प्रालीको स्टिल स्टक्चरका आधरित घर निर्माणमा प्रयोग हुने सामाग्रीको उद्योग रहेको छ । 
    उद्योगमा आज आयोजित पत्रकार सम्मेलनमा इट्टा, ढुंगा, छड सिमेन्टको विकल्पमा स्टिल स्टक्चरका घरहरु राम्रो विकल्प बन्न सक्ने बताइएको थियो ।

    यो हलु्का सँगै भुकम्प प्रतिरोधक, खिया प्रतिरोधक बलियो र भरपर्दो रहेको प्रा. लि.की टेक्नीकल निर्देशक सृष्टी गुरुङले जानकारी दिनुभयो । यो प्रविधीको घर बलियो, भरपर्दो, वातावरण मैत्री, सरल र छिटो जडान हुन सक्ने उहाँले बताउनुभयो ।  विदेशमा पनि प्रचलनमा आएका यी घर नेपालमा पनि उपयोगी हुन सक्ने पत्रकार सम्मेलनमा बताइएको थियो ।

    प्रालिकी प्रवन्ध निर्देशक सोनाली गुरुङले २०७२ सालको भुकम्पबाट धेरै जनाले ज्यान गुमाएपछि आफूहरुले हलुका प्रकारको स्टिल स्टक्टचरल घरको योजना ल्याएर उद्योग स्थापना गरेको बताउनुभयो । चार करोड ८५ लाखको लागतमा तयार भएको उद्योग स्थापना गरेको हाल १४ जनालाई रोजगारी दिएको उहाँले बताउनुभयो ।steel home.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर १५ २०८००७:३८:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology