Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

३ करोड लगानीमा बुटवलमा ग्यास्ट्रो सेन्टर संचालन,पेट सम्बन्धी सम्पूर्ण उपचार हुने

३ करोड लगानीमा बुटवलमा ग्यास्ट्रो सेन्टर संचालन,पेट सम्बन्धी सम्पूर्ण उपचार हुने

  • 8.4K
    SHARES

  • ३ करोड लगानीमा बुटवलमा ग्यास्ट्रो सेन्टर संचालन,पेट सम्बन्धी सम्पूर्ण उपचार हुने

    बुटवल, मंसिर १४ ।

    बुटवलमा ग्यास्ट्रो सेन्टर प्रालि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य सहित विशेषज्ञ टिमले बुटवल उपमहानगरपालिका वडा नम्बर–६ मा हस्पिटल लाइन फाइब्रोस्क्यान सेवा सहित ग्यास्ट्रो सेन्टर प्रालि बुटवल सञ्चालनमा ल्याएका हुन् । यहाँ पेट सम्बन्धी सम्पूर्ण उपचार सेवा हुनेछ ।

    प्रालिका सञ्चालक तथा वरिष्ठ पेट आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा.मोहन भुसालले काठमाडौं बाहिर लुम्बिनी प्रदेशमा प्रालिमा पेट सम्बन्धी समस्याको उपचार हुने बताए । 

    ‘फाइब्रोस्क्यान सेवा यस्तो सेवा हो, जसले कलेजको कडापन मापन गर्दछ । लिभर, फ्राबोसिस, सिरोसिस को निदानमा सहयोग गर्छ । हेपटाइटिस, अल्कोहल लिभर, लिभर इन्जाइम भएका बिरामीको अवस्था बारे जानकारी दिन्छ । त्यस्तै लिभर बायस्पी विना लिभर डयाम्मेज भए नभएको पत्ता लगाउछ’ डा .भुसालले भने ।  प्रालिमा इण्डोस्कोपी, क्यानोस्कोपी लगायतका सेवा सहित भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । 

    भुसाललको काठमाडौं टिचिङ अस्पतालमा लामो समय पेट रोग सम्बन्धी काम गरेको कार्यअनुभव छ ।३ करोड रूपैयाँको लागतमा सञ्चालित प्रालिमा डिजिटल प्रविधिबाट विरामीको चेकजाँच गरिने प्रालिका सञ्चालक स्वास्थ्यकर्मी रामप्रसाद अर्यालले जानकारी दिए ।

    प्रालिमा प्राइभेट क्लिनिक तथा अस्पतालको तुलनामा शुल्क सस्तो राखिएको छ । साथै जेष्ठ नागरिक अशक्त अपाङ स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्यकर्मी, तथा स्वमसेविकालाई पनि केही प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रालिको सञ्चालकमा डा. मोहन भुसाल, डा. रामप्रसाद अर्याल, युवराज मगर र नेत्र भुसाल छन् । प्रालिको प्राे डा राहुल पाठकले रिबन काटेर शनिबार औपचारिक उद्घाटन  गर्नेछन्  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology