चितवन,मंसिर १० ।
चितवनमा सोनिया रन्वोज कार्यक्रम भाग-७ हुने भएको छ ।
फेसन शो को इतिहासमै पहिलोपटक नेपालमा नै फरक किसिमको फेसन शो आयोजना गरेकी सोनिया गुरुगंले चितवनको भरतपुर स्प्रिकंल किडस गार्डेन मन्टेश्वरी्को सक्रियतामा चितवनको भरतपुरमा सोनिया रन्वोज कार्यक्रमको भाग-७ आयोजना गर्न लागेको हाे । चितवनको भिन्ना भिनै बिद्यालयका ५ देखि १५ बर्ष समुहका ५० बिधार्थीहरुको सहभागितामा १२ दिनको कडा प्रशिक्षण पछि कार्यक्र्म हुने स्प्रिकल किड गार्डेन मन्टेश्वरी् प्रिसिपल जुली घिमिरे जानकारी दिइन ।
नेपालको बिभिन्न ठाउहरुमा सर्जनात्मक तरिकाले फेशन सो गर्दै आएकी सोनियाले हरेक पटक आफ्नो प्रस्तुती मार्फत समाजमा सकारात्मक सोचको बिकास गर्दै आएकी छ्न भने सामाजिक कार्य अन्तर्गत कार्यक्र्म बाट संकलित रकम मध्य केहि रकम हाम्रो बाल संरक्षण धरोहर,नेपाललाई सह्योग गर्दै आएकी छ्न ।
उनकै कार्यक्र्ममा पनि हाम्रो बाल संरक्षण धरोहर,नेपाल नामक सस्थाका १० जना बालबालिकाहरुले पनि फेशन शोमा आ- आफ्नो प्रतुती प्रस्तुत गर्ने अवसर प्रदान गरेकी थिइन् ।
फेसन शो को ईतिहासमा हाल सम्म आफुलाई बैगलै किसिमको परिचय स्थापित गराउन सफल सोनियाले नेपालमा पनि ईतिहास रचन सफ्ल भएको कार्यक्रम सोनिया रन्वोज भाग-२ मा महिला, पुरुष, तेस्रो समुहका मोडलहरुले आ-आफ्नो प्रस्तुती मार्फत समाजमा सबैलाई समान अवसर प्रदान गर्नुपर्छ भने फेसन सो गरेको बताइन्
चितवनको भरतपुर हुन लागेको सोनिया रन्वोज नयां आवाजका साथ मिती बि ,स मंसिर २०८० (A.D 9 Dec 2023 ) मा प्रस्तुत हुन गईरहेको छ ! बालवालिकाहरुको भित्री डर, आत्मा गल्यानी, दबियका आवाजहरु र परिर्वतन चाहाने इच्छाहरुलाई समेटेर " कार्न्ती परिर्वतनको लागि change of revolution " बिषय बस्तु बनाई कार्यक्रम सिर्जनात्मक तरिकाले प्रस्तुत गरिने आयोजक कमिटिले जानकारी गराएका छ्न !
कार्यक्रममा ५० जाना प्रतिसप्रधीहरुलाई उनिहरुले प्रस्तुत गरेको क्रिर्याकलापहुरुको प्रशिक्षण मुल्याकंन गरि सोनिया रन्वोज,मार्वल्शमी लगाएत बिभिन्न बिज्ञापन , फेशन सोज, लगाएत अन्य कार्यक्रममा पनि सहभागी गराईने कार्यक्रम संयोजक सोनिया गुरुङले जानकारी गराइन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)