बुटवल,मंसिर १०।
सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलाेत्तमा १ रूपन्देहीको १७ ओैं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले सहकारीहरू उत्पादनमा जाेडिनुपर्ने बताउनुभयो ।
पाठकले सहकारीहरू मूल्य मान्यतामा रहेर अघि बढेमा कहिलेपनि समस्यामा नपर्ने बताउनुभयो । साे अवसरमा सल्लाहकार अर्जुन ज्ञवाली,माधव ज्ञवाली ,अनुगमन समितिका संयाेजक रामजी ज्ञवाली ,शिक्षा उपसमिति संयाेजक गाेबिन्द ज्ञवाली ,कालिका मानव ज्ञान माबिका प्राचार्य दिनेश थापा,सहकारीका उपाध्यक्ष लाेकनाथ ज्ञवाली ,सचिव हेम थापा,सहकारीका साधारण सदस्यहरू बिष्णु ज्ञवाली ,कपिल ज्ञवाली ,रजनी शर्मा ,नेत्र ज्ञवाली,नारायण ज्ञवाली,लक्ष्मण ज्ञवाली लगायतले बाेल्दै सहकारीकाे लगानी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
४६८ जना सदस्य रहेकाे सहकारीले१ कराेड ४० लाख बैंकको मुद्दती खातामा राखेकाे जनाएकाे छ । कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सहकारीका सदस्यका छाेराछाेरीलाई सम्मान गरिएको छ ।अध्यक्ष ,काेषाध्यक्ष आत्मराम ज्ञवाली र लेखा संयाेजक रमा गिरीकाे प्रतिबेदन पास भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)