Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सुपहरे बुढाथोकीकाे बंशावली विमोचन तथा कुल मन्दिर उद्घाटनकाे तयारी पुरा

सुपहरे बुढाथोकीकाे बंशावली विमोचन तथा कुल मन्दिर उद्घाटनकाे तयारी पुरा

  • 888
    SHARES

  • सुपहरे बुढाथोकीकाे बंशावली विमोचन तथा कुल मन्दिर उद्घाटनकाे तयारी पुरा

    काैरव खत्री /बागलुङ,मंसिर ९ ।

    बागलुङको गलकोटमा रहेका सुपहरे बुढाथोकी मगरहरुको बंशावली विमोचन तथा कुलथान मन्दिरको उद्घाटनकाे सम्पूर्ण तयारी पुरा भएको छ ।

    गलकोट नगरपालिका वडा नं. ८ धैरेनी विर्कोट काँडेवास स्थित रहेकाे सुपहरे बुढाथोकी मगरहरुको बंशावली पुस्तक  विमोचन तथा कुलथान मन्दिरको उद्घाटन भने  गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री  चन्द्र बहादुर बुढामगर सागरले गर्नुहुने सुपहरे बुढाथोकी गलकाेट नगरपालिका ८ बिर्कोट काडेवास सुपहरे बुढाथोकी मगर गुठी  समितिका उपाध्यक्ष रेशम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

    साथै सुपहरे बुढाथोकीहरुको नवनिर्मित कुलथान  मन्दिरकाे उद्घाटनसंगै सुपहरे बुढाथोकीको बंशावलीकाे पुस्तक विमाेचन,जग्गादाता तथा जेष्ठ कुल सदस्य सम्मानकाे कार्यक्रम  रहेकाे सुपहरे बुढाथोकी मगर गुठी  समितिका काेषाध्यक्ष तेजिन्द्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

    झन्डै ३०० बर्ष अगाडि बागलुङ गलकाेट नगरपालिका वडा न.८  बिर्कोटमा बसाइँसराइ गरेर आएका जयसिंह बुढामगरका सन्तान काडेवास र बिर्कोटमा बसाेवास गर्दै आइरहेकाे सुपहरे बुढाथोकी दाजुभाइ ३३ घरपरिवार रहेकाे सुपहरे बुढाथोकी मगर गुठी  समितिका काेषाध्यक्ष  बुढाथोकीले जानकारी दिनुभयो ।kun mandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology