काैरव खत्री / बागलुङ,मंसिर ८।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १४ औं साधारणसभा दगा सदस्य सेवा केन्द्र खर्वाङ्ग सम्पन्न भएको छ ।
बडिगाड गाउँपालिका २ खर्बाङ सेवा केन्द्रकाे साधारणसभा उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाउँपालिका बागलुङका उपाध्यक्ष भिमसेन बनले सहकारीले धेरै भन्दा धेरै नागरिकहरूलाई उत्पादन र कामसँग जोड्ने रहेकाे बताउनुभयो । .
साथै उपाध्यक्ष बनले भन्नुभयो, सहकारीका सदस्यहरूले श्रममा आस्था राख्नु पर्नेमा जाेड दिनुभयो ।साथी उहाँले सरकारले सहकारीकाे अनुगमन र नियमन गर्दै आएकाे बताउनु भयाे ।
साथै अवसरमा बडिगाड गाउँपालिका वडा न.१ का वडा अध्यक्ष बाेम बहादुर थापा, बडिगाड गाउँपालिका वडा न.२ का वडा अध्यक्ष ढालेन्द्र शेरचन ,शेयर सदस्य अनिल गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियो ।त्यस्तै अवसरमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.का केन्द्रीय काेषाध्यक्ष सिता सापकोटा कंडेलले आर्थिक बर्ष २०७९/०८० काे आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियोे भने खर्बाङ सेवा केन्द्रका सचिव बेलु गिरीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियो ।
साथै साेही अवसरमा साधारणसभामा असल बाल बचतकर्तामा निर्मल राना,असल ऋण उद्मीमा निर्मला सुनार,असल बचतकर्ता जमुना रायमाझी श्रीस,असल सदस्य तनु पुन लगायतलाई सम्मान गरिएको थियोे ।साथै साधारणसभामा जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, सिवाईसीका शेयर सदस्य,समाजेवी लगायतको उपस्थिति रहेको थियो ।
“सदस्य बनाै सिवाईसीमा,हातेमालो देश विकासमा” भन्ने मुल नारा सहित २०७५ सालमा खर्वाङ्गमा स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खर्वाङ्ग सेवा केन्द्रबाट रेमिटान्स,माेवाइल बैकिङ,बचत तथा ऋण सेवा,एटिएम क्यूआर सेवा,अध्धदैविक राहत सुविधा, जेष्ठ नागरिक पेन्सन सुविधा,एकल महिला पेन्सन सुविधा, चाैरसी पुजा सुविधा,नयाँ बुहारी स्वागत कार्यक्रम,छात्रवृत्ति शैक्षिक सुविधा,जेष्ठ नागरिकऔषधी उपचार सुविधा,दुर्घटना राहत सुविधा, प्राकृतिक राहत सुविधा,ऋणकाे विमा सुविधा, २४ घण्टे इमर्जेन्सी कलिङ सुविधा लगायतका कार्य गदै आइरहेको छ । हासम्म सिवाईसी सहकारीमा गुल्मी र बागलुङ गरि १०७१ सदस्यहरु आवद्ध रहेका छन् ।
साधारणसभा खर्बाङ सेवा केन्द्रका संयाेजक जमुना श्रीसकाे अध्यक्षता तथा उप संयाेजक हरिशचन्द्र खरेलकाे स्वागत मन्तव्यसंगै शुरू भएकाे कार्यक्रमकाे खर्बाङ सेवा केन्द्रका सचिव बेलु गिरीले गर्नु भएकाे थियोे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)