Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तय

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तय

  • 1.1K
    SHARES

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तय

    बुटवल,मंसिर ६ ।

    निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो ।

    यसअघि एक जना प्रदेश सभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।आयोगले वि.सं २०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको नयाँ मतभार कायम भएको जनाएको छ ।

    यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको छ । राष्ट्रिय सभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology