Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव

सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव

  • 1.3K
    SHARES

  • सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव

    बुटवल, मङ्सिर ४ ।

    रुपन्देहीको सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।

    सैनामैना उद्योग वाणिज्य सङ्घको आयोजनामा सैनामैना नगरपालिका–३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा हुने महोत्सव मङ्सिर १७ गतेसम्म सञ्चालन हुने छ ।महोत्सवको तयारी तीव्र गतिमा भइरहेको महोत्सव आयोजक सैनामैना उद्योग वाणिज्य सङ्घले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

    महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो ।उहाँले सैनामैना पुरातात्त्विक क्षेत्रको ऐतिहासिक स्थल पनि भएकाले महोत्सवबाट उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सङ्घका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनुभयो ।महासचिव अधिकारीका अनुसार महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण गर्न मद्दत पुग्नुका साथै स्थानीय उत्पादन र कृषिको प्रदर्शनी गरिने छ ।

    उहाँले विगतको भन्दा यसपटक फरक तरिकाले महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो ।  महोत्सवमा युवा उद्यमशीलता गोष्ठी तथा युवा उद्यमी सम्मान कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।त्यस्तै, महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार प्रसार, पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

    महोत्सवको आकर्षणको रूपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, डान्सिङ आइडल, मम्मी डान्स प्रतियोगिता पनि रहनेछन् ।

    यसैगरी, भजन प्रतियोगितासँगै लोकदोहोरी र र्‍याप गीत प्रतियोगिता पनि महोत्सवको आकर्षण हुने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताउनुभयो ।महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन् ।

    महोत्सवमा सर्वसाधारणका लागि ८० रुपियाँ र विद्यार्थीहरूका लागि ५० रुपियाँ टिकट शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका, असहायका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।महोत्सवले सैनामैनासँगै यस क्षेत्रको उद्योग व्यापार र लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् ।

    महोत्सव स्थलमा अहिले मञ्च निर्माण, स्टल व्यवस्थापनलगायतका काम भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, मंसिर ४ २०८००७:११:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology