बुटवल,मंसिर ४ ।
रुपन्देहीको तिलोत्तमा ड्राईभरटोलमा भएको सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । सहकारी अभियान्ता माधव देवकोटाले चलाएको माेटरसाइकललाई ट्रकले ठक्कर दिएको हाे । बुटवलबाट भैरहवातर्फ मोटरसाईकलमा जाँदै गरेका देवकोटालाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटासंगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि निधन भएको प्रहरीले जनाएको छ । देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालबाटछि पाेष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।
उनी काग्रेस तिलाेत्तमा नगरका नेता समेत हुन् । भने तिलोत्तमा सहकारीका अध्यक्ष समेत हुन् । उनी सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध उनी तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)