Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पौदेलीहरूको न्वागी खाने साईत सार्वजनिक,मसिंर ३ गते उत्तम

पौदेलीहरूको न्वागी खाने साईत सार्वजनिक,मसिंर ३ गते उत्तम

  • 933
    SHARES

  • पौदेलीहरूको न्वागी खाने साईत सार्वजनिक,मसिंर ३ गते उत्तम

    कौरव खत्री/गुल्मी,मंसिर २ ।

    पौदीबासीहरुले घरमा नयाँ बालि भित्र्याएको खुसीयालीमा प्रत्येक वर्ष मनाउँदै आएको न्वागी पर्वको यस वर्षको शुभ साईत मसिंर ३ गते परेको छ । बडिगाड गाउँपालिका वडा नं ५ वडा कार्यालयले शुक्रबार  एक सुचना जारी गर्दै न्वागीको शुभ साईत सार्वजनिक गरेको हो ।

    वडाध्यक्ष विष्णु प्रसाद आचार्यद्धारा जारी गरिएको सुचनामा न्वागी खाने शुभ साईत मसिंर ३ गते आईतबार बिहान ९ बजेर ३४ मिनेटमा न्वागी खानु शुभ रहेको उल्लेख गरिएको छ । न्वागी खाँदा पूर्व मुख गरेर खान पनि आग्रह गरिएको छ ।

    पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागी पर्वलाई स्थानीय पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान घरमा भित्राएपछि सोहि धानको नयाँ चामल दहीमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ ।

    इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रलाई पौंँदी क्षेत्र भनिने गरेको छ । यसै विच न्वागी पर्वको अवसर पारेर हरेक वर्ष पौँदी न्वागी मेला संस्कृति संरक्षण समितिले न्वागी मेला आयोजना गर्दैै आएको छ । यसवर्षको न्वागी मेला मसिंर ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology