बुटवल,कार्तिक २७ ।
नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा सोमबार तिलोतमामा नेपालीहरुको मौलिक संवत् नेपाल संवत् ११४४ का अबसरमा प्रभातफेरि रयाली निकालिएको छ । भिमसेन नेवाः समाजको आयोजनामा निकालिएको सो र्याली सामुहिक पूजाआजा पश्चात् सगुन र टिका लगाएर ब्यानरसहित नेवारी पोशाक पञ्चकन्या, परम्परागत बाजा घिमे र झ्याली बजाउँदै निकालिएको छ । सो रयाली तिलोत्तमा ३ स्थित पब्लिक पथबाट शुरु गर्दै शान्तिचोक, लुम्बिनी डेरी , समावेशी पथ माथिल्लो डिङ्गरनगर हुदै पुन पब्लिक पथमा पुगेर समापन गरिएको थियो ।
‘भाषा संस्कृति झिगु पौरख, नेपा सम्वत राष्ट्रिय गौरव’ नारा बोकेर साझा उद्देश्य र भावनाका साथ भिमसेन नेवा समाजमा आबद्ध पुचका १०० बढी सदस्यहरुको उपस्थिति रहेको भिमसेन नेवा समाजका अध्यक्ष त्रिभुवन प्रधानाङ्गले जानकारी दिए ।
नेवारी संस्कृति रितिरिवाज, परम्परागत खानपान र गाजाबाजाहरुको संरक्षण गर्दै नयाँ पुस्तालाई सो बारे जानकारी गराउदै नेवारी मौलिक सभ्यताको बिकासमा आफुहरु क्रियाशील रहेको भिमसेन नेवा समाजका सचिव सितु प्रसाद श्रेष्ठले बताए । सो कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा बुटवल उपमहानगरपालिका बडा न ९ का अध्यक्ष तथा समाजिक समितिका संयोजक प्रदिप श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)