Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिप दुर्घटनाका मृतक सातै जनाको शव आफन्तले बुझे

जिप दुर्घटनाका मृतक सातै जनाको शव आफन्तले बुझे

  • 963
    SHARES

  • जिप दुर्घटनाका मृतक सातै जनाको शव आफन्तले बुझे

    देबचुुली (नवलपरासी), कात्तिक २७।

    पूर्वी नवलपरासीको दलदले बुलिगँटार सडकखण्डको देबचुली नगरपालिकाको गोरेघुम्तीमा आज ११ः१५ बजे भएको बोलेरो जिप दुर्घटनामा परी मृत्युभएका सबै सात शव आफन्तको जिम्मा लगाइएको छ ।  

    ग १ ज ३२७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई ओमराज अधिकारीको बन्दैगरेको घरमा ठोक्किएको थियो । जिल्लाको पर्खालबाट दलदले आउँदैगरेको बोलेरो जिप बिहान देबचुली नगरपालिका ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मिटर तल खसेर ओमराज अधिकारीको घरमा ठोक्किएको थियो । 

    जिपमा सवार छ जनाको घटनास्थलमा नै ज्यान गएको थियो । एक जना घाइतेको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरूको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।  

    दुर्घटनामा मृत्यु हुनेहरूमा बौंदीकाली गाउँपालिका ६ मझडाँडा बस्ने वर्ष २९ को बोलेरो चालक छनबहादुर आले मगर, सोही वडा लाहापेका वर्ष ५२ की कुमारी राना, सोही वडाकी वर्ष ५५ का टेकमन वानटक्की मगर, बुलिगँटार गाउँपालिका ४ चुलीबोझा बस्ने वर्ष १२ की करिश्मा ठाडा मगर र ४० वर्षकी कमला वान्टकी मगर रहनुभएको छ । 

    त्यस्तै, कावासोती नगरपालिका १६ बस्ने वर्ष १७ का अश्विन गैरै र मध्यबिन्दु नगरपालिका २ बस्ने घाइते भई उपचार गराइरहेको अवस्थामा निधन भएका वर्ष १८ का चिरन अर्याल रहेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले  बताउनुभयो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology