Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा दीपावली महोत्सव सुरु,तीन दिन चल्ने

बुटवलमा दीपावली महोत्सव सुरु,तीन दिन चल्ने

  • 1.5K
    SHARES

  • बुटवलमा दीपावली महोत्सव सुरु,तीन दिन चल्ने

    बुटवल,कार्तिक २६ ।

    बुटवलमा तीन दिने दीपावली महोत्सव सुरु भएको छ ।नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि दीपावली महोत्सव सुरु भएको हो ।

    दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको विकास सबैको साझा विषय रहेको बताउदै नगरपालिकाले सबैसंग सहकार्य गर्ने बताए । उनले हिजो चलनचल्तीमा हुँदै आएको व्यापार व्यवसायलाई आधुनिक परिवेश अनुसार परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिए ।

    कार्यक्रममा संघका अध्यक्ष हरीप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापारलाई उठाउनको लागि बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको र यसमा साथ सहयोग गर्नको लागि आग्रह गर्दै सहभागिताको लागि पनि अनुरोध गरे ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन र भड्कीलो नगराउन आग्रह गरे ।

    कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टोल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    दीपावली महोत्सवमा बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं ४, ५ र ६ प्रवर्द्धकको रुपमा रहेका छन् । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्रि वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुती समेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले जानकारी दिए ।

    बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ । बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गरिएको संघका महासचिव मुक्ति अधिकारीले बताए ।

    melaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology