बुटवल,कार्तिक २१ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा मंगलबार बुटवलमा रक्तदान कार्यक्रम भएको छ ।
एक समारोहका बिच होटल ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै देशमा विभिन्न महामारीकै कारण आर्थिक, मानसिक पीडा भोग्नुपरेको बेला पनि सामाजिक कार्यमा आफुहरु संस्थागत रुपमा अघि बढेको बताए।
शरिरमा ३ महिनामा खेर जाने रक्तदान दान गरेर अरुको जीवन बचाउन सकिने हुदा पनि नियमित रक्तदान गर्नु महान काम भएको उनले बताए। कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले चाडपर्व लक्षित रक्तदान कार्यक्रम गरेको बताए।
रक्तदान कार्यक्रम गरि थोरै भएपनि सहयोग हुने उनले बताए। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई, संस्थाका सल्लाहकार चिरञ्जीवी शर्मा, नेपाल नियमित रक्तदाता संघ केन्द्रिय समितिका केन्द्रीय सदस्य बुद्धि ज्ञवाली, संघका महासचिव अर्जुन थापाले रक्तदान अभियानलाई सबैको साथ र सहयोग जरुरी रहेको बताए।
नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संयोजक केशवराज पाण्डेले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)