Logo बिहिवार, आश्विन १ गते २०८३
images

शुभागमन सहकारीको अध्यक्षमा पौडेल निर्वाचित

शुभागमन सहकारीको अध्यक्षमा पौडेल निर्वाचित

  • 4.1K
    SHARES

  • शुभागमन सहकारीको अध्यक्षमा पौडेल निर्वाचित

    बुटवल,पुस ३-  

    शुभागमन बचत तथा क्रृण सहकारी संस्था लिमिटेड बुटवल ११ को अध्यक्षमा हरिप्रसाद पौडेल निर्वाचित भएका छन् । सहकारीको नवौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति गठन गरेको छ ।

    नव निर्वाचित उपाध्यक्षमा  कुल प्रसाद बस्याल, सचिवमा विष्णु प्रसाद भण्डारी र कोषाध्यक्षमा सुवासचन्द्र ढकाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा तारादेवी लम्साल, टोपकला आचार्य, धुब्र अर्याल र सन्तोष नाई निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दयाराम बस्यालले जानाकारी दिए । त्यस्तै साधारण सभाले चिरञ्जीवि पाण्डे संयोजक, कृष्ण गौतम र प्रतिभा पन्थी सदस्य रहेको लेखा समिति समेत गठन गरेको छ ।

    त्यस अघि सहकारीको नवौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशन सहकारीका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सहकारीले कोभिडका कारण मंसिर १० गते देखि १५ गते सम्म संस्थाका सेयर सदस्यहरुलाई कार्यालयमै बोलाइ प्रतिबेदन माथी छलफल गराएको थियो । सहकारीको असाढ मसान्त सम्म कुल सेयर पुजी ५७ लाख ५७ हजार, बचत  ५ करोड ८६ लाख र क्रृण लगानी ५ करोड ५७ लाख क्रृण लगानी गरेको छ । सहकारीमा ३ सय ७२ महिला, २ सय ४७ पुरुष सहित ६ सय २० जना शेयर सदस्य र १ सय ६ जना बालबालिकाहरुको बाल बचत रहेको छ ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनाल, लेखा संयोजक राजेन्द्र लम्साल, कोषाध्यक्ष कुल प्रसाद बस्याल लगाएतले बोलेका थिए । कार्यक्रम उपाध्यक्ष हरि प्रसाद पौडेलको स्वागत तथा सचिव विष्णु कुमारी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology