Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमाका तीन सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालियो

तिलोत्तमाका तीन सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालियो

  • 1.7K
    SHARES

  • तिलोत्तमाका तीन सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालियो

    बुटवल, कार्तिक १९ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक कुकरको बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु भएको छ । बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम कात्तिक २४ गतेसम्म चल्नेछ ।

    तिलोत्तमा नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको आयोजनामा आइतबारदेखि सो कार्यक्रमको सुरु भएको हो । हर्ट नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सामुदायिक कुकुरको संख्या न्यूनिकरण आवश्यक रहेकाले बन्ध्याकरणको अभियान नै संचालन गरिएको बताउनुभयो ।

    नगर प्रमुख खाँणले रेविज लागेर कसैले पनि अहिलेको अवस्थामा मृत्युवरण गर्नु भनेको गम्भीर लापरवाही भएको बताउँदै यसको नियन्त्रणको लागि सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।

    kukur sibir.jpg

    उहाँले भन्नुभयो –‘हामीले तिलोत्तमालाई सभ्य नगरपालिका बनाउछौं,मानिस मात्रै होईन,जिवजन्तुलाई पनि सम्मान गर्छौँ ,कुकुरहरुको बन्ध्याकरण गरेर संख्या न्युनिकरण गर्ने हो । ’यस्तै उपप्रमुख जागेश्वरीदेवि चौधरीले सामुदायिक कुकरको नियन्त्रण गर्ने कुरा जटिल विषय भए पनि सबै मिलेर यसको न्यूनिकरण गर्न सकिन बताउनुभयो ।

    हर्ट नेपालका निर्देशक खगेश्वर शर्मा भट्टराईले कुकुर मार्नु अमानवीय कार्य भएकाले बन्ध्याकरणको माध्यमबाट नियन्त्रण गर्नु उपयुक्त हुने बताउनुभयो । साथै निर्देशक शर्माले तिलोत्तमा भित्रका ३ सय कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    डा.किरण भण्डारीले समुदायमा रहेका ७०-८० प्रतिशत कुकरहरुको बन्ध्याकरण भएमा ७-८ वर्षमा कुकरको संख्या धेरै कम हुने भएकाले देशभरका कुकुरहरुलाई बन्ध्याकरण गर्नु पर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाले यसअघि नगरका १२० वटा कुकुरको स्थायी बन्ध्याकरण गरेको वडा न ६ का अध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो ।

    kukur s.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology