बुटवल,कार्तिक १९ ।
नेपाली कांग्रेसका नेता एवं बुटवलका पुराना यातायात ब्यवसायी दामोदर ज्ञवालीको निधन भएको छ। ज्ञवालीको उपचारका क्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा निधन भएको हो।
गुल्मीको रुरु ग्वादीमा बिस २००६ सालमा जन्मेका ज्ञवाली २०२६ सालबाट बुटवलमा बस्दै आएका थिए।२०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकाको उप प्रमुखको उम्मेदवार बनेका ज्ञवाली पश्चिम नेपाल बस ब्यवसायी संघमा ३ कार्यकाल अध्यक्ष, सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको संस्थापक अध्यक्ष र तत्कालीन लुम्विनी अन्चल अस्पताल बिकास समिति र मातृभुमि सहकारीका अध्यक्ष समेत थिए।
बुटवलको मिलनचोकमा बस्दै आएका ज्ञवालीका एक श्रीमती,२ छोरा र १ छोरी छन् । बुटवलको मैनाबगरमा उनको कालिका ईन्जिनीयरीङ वर्कसप छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)