Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

  • 966
    SHARES

  • जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

     डोटी,कात्तिक १९।

    कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के।आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा  बाजुरा जिल्ला हिमाली गाउँपालिका –५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेका छन् । 

    आइतबार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर भन्दा तल सेती नदीमा खसेको छ ।  

    दुर्घटनामा परि घाइते भएकाहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  बोलेरो चालक बाजुरा जिल्ला गौमुल गाउँपालिका –४ काँडा कोट बस्ने वर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक १९ २०८००८:४६:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology