Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुर्तिवाङ राइजिङ युवा क्लव तथा कोजाग्रत  पूर्णिमा मेला सम्पन्न

बुर्तिवाङ राइजिङ युवा क्लव तथा कोजाग्रत  पूर्णिमा मेला सम्पन्न

  • 1.4K
    SHARES

  • बुर्तिवाङ राइजिङ युवा क्लव तथा कोजाग्रत  पूर्णिमा मेला सम्पन्न

    काैरव खत्री /बागलुङ,कात्तिक १९।

    बागलुङ बुर्तिवाङ राइजिङ युवा  क्लवको कोजाग्रत  पुर्णिमा मेलाको शनिबार समापन  गरिएको छ । ढोरपाटन नगरपालिका १ बुर्तिवाङ स्थित क्लवको २१ औ  बार्सिकोत्सवको अवसरमा  खेलकुद तथा  सांस्कृतिक कार्यक्रमको समापन  समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य  माननीय दोर्ण कुमार कुँवरले बुर्तिवाङ राइजिङ युवा  क्लवले खेलकुद र  कला सस्कृतिको संरक्षण गर्न मेलाले सहयोग पुर्‍याएको बताउनु भयो ।

    साथै उहाँले  यस क्षेत्रलाई खेल क्षेत्रबाट  राष्ट्रिय  र अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन राइजिङ युवा क्लवको महत्त्वपूर्ण भुमिका रहेको बताउदै प्रदेश सभा  सदस्य कुँवरले  पुर्णिामा मेलाले सबैलाई एकताबद्ध बनाएको बताउनु भयो ।साथै उहाँले यस क्षेत्रको बृद्वि विकासमा आफू सधै तत्पर रहि रहने र निरन्तर लागि पर्ने बताउनु भयो ।

    साथै समापनको अवसरमा गण्डकी प्रदेश सभाका पुर्व  सदस्य खिम विक्रम शाही खेलकुद र कलाकारिताको क्षेत्रको वृद्वि विकास गर्नु पर्नेमा जोड दिनु भएको थियोे ।त्यस्तै पूर्णिमा मेलाको अवसरमा  खुल्ला वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता तर्फ निसीखोला गाउँपालिका १  हर्पे  बागलुङले नगद १ लाख,११ हजार,१ सय,११ रूपैयाँ सहित  टफी,मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियोे ।

    भने निसीखोला गाउँपालिका २ जुग्जाखोला बागलुङले नगद ७१ हजार,१ सय,११ रूपैयाँ सहित टफी,मेडल र सम्मान पत्र सहित द्वितीय  पुरस्कारको उपाधी हात पारेको थियोे । त्यस्तै खुल्ला महिला वडा स्तरीय भलिबल प्रतियोगिता तर्फ  गलकोट नगरपालिका १० बागलुङले नगद ४१ हजार,१ सय,११ रूपैयाँ सहित टफी,मेडल र सम्मान पत्र सहित प्रथम पुरस्कारको उपाधी हात पारेको थियोे ।भने तमानखोला गाउँपालिका ५ बागलुङले नगद २५ हजार,१ सय, ११ रूपैयाँ सहित टफी,मेडल र सम्मान पत्र सहित द्वितीय  पुरस्कारको उपाधी हात पारेको थियोे ।

    ब.png

    त्यस्तै  अवसरमा  सामुहिक  खुल्ला रेकर्ड डान्स  प्रतियोगिता तर्फ उत्तरगगा माध्यमिक विद्यालय  ढोरपाटन नगरपालिका १ बागलुङ प्रथम, द रिदमिक स्क्वायर डान्स एकेडेमी गलकोट बागलुङ द्वितीय भएको छ ।त्यस्तै पुरूष तथा महिला  छेलो प्रतियोगिता,दोहोरी गित प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।

    साथै खेलकुद  तथा सांस्कृतिक मेलाको समापन  समारोहमा   राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक  प्रस्तुती रहेका थिए ।कार्यक्रम  बुर्तिवाङ राइजिङ युवा  क्लव ढोरपाटन नगरपालिका १ बागलुङका अध्यक्ष मिथुन विश्वकर्माको अध्यक्षता तथा युवा समाजसेवी  हुम बहादुर विकको स्वागत मन्तव्यसगै शुरू भएको  कार्यक्रमको  सञ्चालनमा भने कलाकार अञ्चल शाहीले गर्नु भएको थियो । कार्यक्रम गत कार्तिक १२ गते देखि शुरू भएको कार्यक्रमको शनिबार समापन भएको थियोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology