Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तिलोत्तमा नगरप्रमुखको गाडी भूकम्प प्रभावितको उद्धारमा खटिने,पालिकाद्वारा १० लाख सहयोग

तिलोत्तमा नगरप्रमुखको गाडी भूकम्प प्रभावितको उद्धारमा खटिने,पालिकाद्वारा १० लाख सहयोग

  • 4.4K
    SHARES

  • तिलोत्तमा नगरप्रमुखको गाडी भूकम्प प्रभावितको उद्धारमा खटिने,पालिकाद्वारा १० लाख सहयोग

    बुटवल,कार्तिक १८ ।

    भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद १० लाख रुपिँयासहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।

    नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग पठाउने निर्णय भएको हो ।

    नगर प्रमुख खाँणले भूकम्पले नराम्ररी क्षति पु¥याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुनेगरी बजेट पठाएको बताउनुभयो ।उहाँले उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाएको बताउनुभयो ।

    ‘म चढ्ने सरकारी गाडीले सम्पूर्ण सामग्री बोकेर गएको छ ,गाडी पनि उद्धारमा खटिने छ ।’उहाँले भन्नुभयोे– ‘बिपदका बेला झन् मानवीयतामा अति संवेदनशिल बन्नुपर्छ भन्ने नै हाम्रो प्रतिबद्धता हो ,हामीले सकेको सहयोग गर्नेछौँ ।’
    यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको बताउनुभयो  ।tilottama rahat  3.jpg

    नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतकालागि जुट्न आग्रहगर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।तिलोत्तमाले भुकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।tilottama rahat  (2).JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक १८ २०८००७:१४:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology