Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रसिद्ध कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

प्रसिद्ध कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

  • 873
    SHARES

  • प्रसिद्ध कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

    बुटवल,कार्तिक १८ ।

    बुटवल ६ सुन्दरनगरमा रहेको प्रसिद्ध कृषि सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सहकारीले शुभ दिपावली, छ्ठ पर्व तथा नेपाल सवतको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा सातौं वार्षिक साधारणसभा सप्पन्न गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगर वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने मुलुकका धेरै सहकारीहरु आर्थिक अपचलन गर्दा संकटमा परिरहेको बताउँदै उनले संस्था र सदस्यहरुको हित अनुरुप चल्नु पर्नेमा जोड दिए ।

    साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष रीम कुमारी श्रेष्ठले सहकारीलाई सबल बनाउनका लागि शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा सञ्चालन  गरिनुका साथै सञ्चालक समिति, लेखा समिति, उप समिति तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि, नेतृत्व विकास लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिइन् ।

    कार्यक्रममा सर्वोत्कृष्ट बचतकर्ताको रुपमा सहकारीका सेयर सदस्य रुद्र बहादुर दमाई सम्मान गरिएको थियो ।वि.स २०७३ सालमा स्थापना भएको सहकारीमा २०२ जना शेयर सदस्यहरु रहेको छन् ।

    सहकारीले यसवर्ष १५ लाख ४१ हजार ९ सय ३०.६२ रुपैयाँ कुल आम्दानी गरेको छ भने आषाढ मसान्तसम्म ३० लाख २३ हजार २०० रुपैयाँ शेयर रकम रहेको छ । सहकारीमा हाल सम्म १ करोड ४५ लाख ९८ हजार ९ सय रुपैयाँ कुल पुजि रहेको छ ।

    कार्यक्रममा सुन्दरनगर टोल विकास समितिका अध्यक्ष पुर्ण बहादुर बिक, नेपाल पत्रकार महासघ रुपन्देहीका उपाध्यक्ष तथा सहकारीका सल्लाहकार विस्वास ढकाल, सस्थाका सस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार बिरमान लामा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संचालन सस्थाको सचीव राजकुमार भट्टराईले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक १८ २०८००७:१४:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology