Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल–६ खयरघारीमा तस्करी गरिएको अवैध सामान फेला

बुटवल–६ खयरघारीमा तस्करी गरिएको अवैध सामान फेला

  • 957
    SHARES

  • बुटवल–६ खयरघारीमा तस्करी गरिएको अवैध सामान फेला

    बुटवल,कार्तिक १७ ।

    भन्सार छलेर ल्याएको अवैध सामान बुटवलको सडकमै छाडेर तस्करी गर्ने वेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–६ खयरघारी स्थित सडकमै मँगलबार बेवारिसे अवस्थामा अवैध सामग्री फेला परेको हो ।

    भन्सार छलि अवैध पैठारी गरी ल्याएका खुद्रा तथा किराना समान ओसारपसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली पुग्दा सडक किनारमा बेवारिसे अवस्थामा बोरा तथा कार्टुनहरु फेला परेको थियो ।

    बोरा र काटुन खोलि हेर्दा बिभिन्न किसिमका मिठाईहरु फेला परेको हो । अन्दाजी मुल्य ३७ हजार ८०० मूल्य बराबरको खुद्रा मिठाई लगायतका सामग्री आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology