Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

हुम्लाका डीएसपी भट्टराई छ महिना निलम्बनमा,यौन दुर्व्यवहारको आरोप

हुम्लाका डीएसपी भट्टराई छ महिना निलम्बनमा,यौन दुर्व्यवहारको आरोप

  • 1.0K
    SHARES

  • हुम्लाका डीएसपी भट्टराई छ महिना निलम्बनमा,यौन दुर्व्यवहारको आरोप

     हुम्ला,कार्तिक १४ ।

    सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छन् । 

    जिल्ला प्रहरी कार्यालय हुम्लाकी एक महिला प्रहरी कर्मचारीमाथि मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान लागि डिएसपी भट्टराईलाई निलम्बन गरिएको हो । 

    ‘महिला प्रहरीलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेका हुन्’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले भने ।  

    प्रवक्ता कडायतका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन् । हाल भट्टराईको ठाउँमा डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक १४ २०८००५:५१:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology