अर्घाखाँची,कात्तिक ११ ।
अर्घाको सराँय नाँच देशभर प्रसिद्ध छ। कोजाग्रत पूर्णिमाको दिन अर्घामा सराये नाच हुने गर्छ । यस नाचमा महिला र पुरुषहरु हातमा तरवार खुडा आदि लिएर वाखै भाइ हो वा भन्दै सराये नाच्ने गर्दछन ।
बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांस मन्दिरहरुमा नाचिने सराये नाच चैते दशैमा पनि केहि ठाउमा नाचिने गरिन्छ ।
आसुरी शक्ति माथि दैवीक शक्तिले युद्धमा विजयी भएको खुशीयालीमा सराये नाच नाचिने परम्परा रहेको छ ।
अर्घाको सराये नाच पञ्चांग पात्रोमा समेत समावेश गरिएको र नेपालकै प्रसिद्ध नाच रहेको अर्घा भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो। सराये नाचको उदगम स्थलका रुपमा अर्घा भगवती मन्दिर र अर्घा दरबार रहेको छ ।
हिन्दूहरुको महान पर्व बडा दशैमा नाचिने सराये नाच एकादशीको दिन सन्धिखर्क, द्धादशीको दिन शितगंगा नगरपालिकाको ठाडा, भुमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भुमिकास्थान नगरपालिका नुवाकोटको ताराखसे, चत्रुदशीको दिन मालारानी गाँउपालिकाको हंसपुरको रागामारे, सन्धिखर्कको कुर, र पुर्णिमाको दिन अर्घा भगवती मन्दिर अर्घा दरबारमा नाचिन्छ । 
तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शन सहित आलम देवीका साथमा नाचिने यो नाचले देबी खुसी हुने मान्यता रहेको पाणिनि बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीले बताउनुभयो।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ । सराये महिला, पुरुष मात्र एक भएर हैन सबै जातजातीहरु एकै ठाउ भएर नाचीने नाच हो ।
बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांस मन्दिरहरुमा नाचिने सराये नाच चैते दशैमा पनि केहि ठाउमा नाचिने गरिन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)