Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल आउने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल आउने

  • 1.8K
    SHARES

  • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ गते नेपाल आउने

    काठमाडौँ, कात्तिक १० ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते ९अक्टोबर २९ देखि १ नोभेम्बर० सम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । 

    जनवरी २०१७ मा उहाँले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसदको संयुक्त अधिवेशनलाई सम्बोधन गर्नुहुनेछ ।

    उहाँले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्नुहुने कार्यक्रम पनि रहेको छ । उहाँले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नुहुनेछ । 

    महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर(हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरु र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ । 

    भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नुहुनेछ । महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

    रासस 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology