Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भिरबाट लडेर कलाकार प्रकाश घिमिरे घाइते

भिरबाट लडेर कलाकार प्रकाश घिमिरे घाइते

  • 678
    SHARES

  • भिरबाट लडेर कलाकार प्रकाश घिमिरे घाइते

    पोखरा, कात्तिक १०।

    कलाकार प्रकाश घिमिरे घाइते हुनुभएको छ । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते हुनुभएको हो । 

    उहाँका साथी प्रेम शेरचन सँगै रहनुभएकाले तत्काल उद्धार गर्न खोजिए पनि झाडी फाडेर घाइते घिमिरेलाई अस्पताल लग्न २ घण्टाभन्दा बढी समय लागेको थियो । अहिले उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि आइसियूमा राखिएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ । उहाँ अझै अचेत अवस्थामा रहेको बताइएको छ । रक्तचाप र अक्सिजन लेबल निकै कम भएकाले पनि काठमाडौँ लैजान निकै कठिन भएको उहाँका आफन्त गोविन्द पौडेलले जानकारी दिनुभयो । दसैको बेला बिदामा बसेका सिनियर चिकित्सकलाई तत्काल सहभागी गराई उपचार सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

    मणिपाल शिक्षण अस्पतालका अनुसार घाइते घिमिरेको अवस्था स्थिर रहेको जनाइएको छ । उहाँको फिल्म पशुपतिप्रसाद २ भष्मे डन पोखरालगायत देशैभर प्रदर्शन भइरहेका छन् । नाटक प्रहसन सुरु भएको उहाँको कलाकारिता टेलिसिरियल दलन हुँदै दर्जनौँ फिल्म अभिनय गरिसक्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology