Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मगर संघ हङकङको अध्यक्षमा बुढाथोकी 

मगर संघ हङकङको अध्यक्षमा बुढाथोकी 

  • 1.2K
    SHARES

  • मगर संघ हङकङको अध्यक्षमा  बुढाथोकी 

    कौरव खत्री /गुल्मी,कार्तिक ९ ।
    मगर संघ हङकङको विशेष एकता अधिवेशन हङकङमा सम्पन्न भएको छ । विशेष एकता अधिवेशनले समाजसेवी  यमबहादुर बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय मगर संघ हङकङको कार्य समितिको  पुनः गठन  गरिएको छ ।

    त्यस्तै समिति उपाध्यक्ष प्रेम बहादुर थापा मगर र निलम थापा मगर, महासचिव हेम बहादुर थापा मगर, सचिव मेख आले मगर,कोषाध्यक्ष मोतिश्री पुन थापा र सह-कोषाध्यक्ष भिष काउचा मगर रहनुभएको छ ।

    त्यस्तै समितिका अन्य सदस्यहरूमा सक्तमान बुढाथोकी मगर,जगत प्रसाद थापा मगर,मिना पुन मगर,धनिराम पुन मगर,सोम थापा मगर, होम आले मगर,सागर थापा मगर,सुनिल थापा मगर,शिला राना मगर,डिम्पल थापा मगर,निर आले मगर,काशी पुन मगर, तिल कुमारी श्रीस मगर,नविन थापा मगर रहनुभएको  मगर संघ हङकङका अध्यक्ष  यम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

     कार्यक्रम विशेष एकता अधिवेशन संयोजक राजु पुन मगरको अध्यक्षता तथा  मगर संघका संस्थापक अध्यक्ष भोलानाथ थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । भने समितिका उपाध्यक्ष  प्रेम थापा मगरको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने समितिका सचिव थल श्रीस मगरले गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology