Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तिलाेत्तमाका ३ घरबाट ५ तोला सुनका गरगहनासहित नगद चोरी

तिलाेत्तमाका ३ घरबाट ५ तोला सुनका गरगहनासहित नगद चोरी

  • 2.4K
    SHARES

  • तिलाेत्तमाका ३ घरबाट ५ तोला सुनका गरगहनासहित  नगद चोरी

    बुटवल,कार्तिक ९ ।

    रुपन्देहीको तिलोत्तमाका ३ घरमा चोरी भएको छ । तिलोत्तमा-७ मा भलवारीमा कार्तिक ७ गते मँगलबार चोरीको घटना भएको ईलाका प्रहरी कार्यालय मँगलापुरले जनाएको छ ।

    दशैको दिन साँझ ३ घरबाट ५ तोला बढी सुनका गरगहँना तथा नगद चोरी भएको हाे । दशैमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट ५ तोला र धालबहादुर श्रीसको घरबाट २५ लालको गरगहँना चोरी भएको हो । यसैगरी ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

    रातको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र प्रवेश गरि चोरी भएको ईलाका प्रहरी कार्यालय मँगलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिए । घटना बारे थप अनुसन्धान गरि चोरी गर्नेको खोजी कार्य जारी रहेको प्रहरी बताउँछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, कार्तिक ९ २०८०१०:५७:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology