Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

  • 1.2K
    SHARES

  • बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

    बाँके, कात्तिक ६ ।

    बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ। आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो।

    ‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्डरनदी घाटहरूमा विसर्जन र्‍याली सञ्चालन गरिने परम्परा रहेको सबैमा बिदितै छ।

    दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन र्‍याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पुर्‍याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८ देखि राति १२ बजेसम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ।

    जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ। सुचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिप्रकाले बताएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, कार्तिक ८ २०८०१२:१४:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology