Logo बिहिवार, आश्विन १ गते २०८३
images

 पाल्पाको रम्भा ४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते

 पाल्पाको रम्भा ४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते

  • 4.3K
    SHARES

  •  पाल्पाको रम्भा ४ रानीवनमा  भ्यान पल्टिँदा पाँच जना घाइते

    बुटवल,कात्तिक ६ ।

    पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा बिहान भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् ।

    आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा बिहान ५ बजे लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक ६ २०८००९:२१:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology