Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देव गुरुङले बुटवलमा भने-‘नेकपाको विवाद अन्त्य भएको छैन,निषेधको राजनीतिले निकास निस्किन्न’ (भिडियाे सहित)

देव गुरुङले बुटवलमा भने-‘नेकपाको विवाद अन्त्य भएको छैन,निषेधको राजनीतिले निकास निस्किन्न’ (भिडियाे सहित)

  • 5.6K
    SHARES

  • देव गुरुङले बुटवलमा भने-‘नेकपाको विवाद अन्त्य भएको छैन,निषेधको राजनीतिले निकास निस्किन्न’ (भिडियाे सहित)

    बुटवल,पुस २- 

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले नेकपाको विवाद अन्त्य नभएको दाबि गरेका छन् ।हिजो अध्यादेश फिर्ता र हस्ताक्षर फिर्ता भएपछि एक खालको सहमति भएपनि पार्टीको पुरानो बिबाद जस्ताको तस्तै रहेको दाबि गरे ।

    उनले भने-‘होइन हिजोको प्रशंग र पार्टीको बिबाद फरक कुरा हो नी ,एक कुरा टुंगिदैमा सबै कुरा टुंगिएको मानिनु हुदैन पार्टी भित्र वा बाहिर बिधि र बिधान मिच्ने अधिकार कसैलाइ हुदैन ।’

    बुटवलमा आयाेजित  एक कार्यक्रमअघि  पत्रकारहरुसंग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले आफ्नो राजीनामा मागेको स्वीकार्दै ठाडो आदेशका भरमा कसैले राजीनामा नदिने बताए ।

    ‘सबै कुरा पार्टीको निर्णय अनुसार हुन्छ,एक ब्याक्तिले निधेषका लागि गरेका कुराहरु मान्य हुदैन,पार्टीले निर्णय नै गरे त्यो स्वीकार्य छ ।- उनले सुनाए ’

    गुरुङले नेपालमा विदेशी हस्तक्षेप र प्रभुत्व बढेको र फुटाऊ र शासन गर नीति अनुसार नेपाललाई अस्थिर बनाइराख्ने खेल भइरहेको तर्क गरे । ‘विदेशी हस्तक्षेप रोक्न नसके मुलुक अफगानिस्तान, सिरिया र सिक्किम हुनसक्छ, विदेशी सैनिकको क्रिडास्थल बन्नसक्छ’–गुरुङले भने ।

    प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नु यदुवंशी प्रवृत्ति भएको उनले औंल्याए ।

    नेकपा स्थायी समिति सदस्य समेत रहेका गुरुङले कसैले पनि निषेधको राजनीति गर्न नहुने उनको तर्क छ । नेकपाभित्रका बिबादहरु पार्टीभित्रैको बिधि बिधानबाट अन्त्य गरेर पार्टीलाइ नया गति दिनुपर्ने गुरुङको भनाइ छ ।उनले अहिलेका राजनीतिक र वैचारिक समस्याहरु समाधान गर्न नै छलफल, बहस र अन्तरक्रिया चल्नु स्वभाबिक रहेको बताए ।

    शुकदेब गुरुङ राष्ट्रिय सहिद घाेषणा गर्न माग :

    सहिद शुकदेब गुरुङ राष्ट्रिय कार्यदल नेपालले बुटवलको रामनगरमा आयोजना गरेको सबैदलिय सर्वपक्षिय भेलामा बोल्दै गुरुङले लोकतान्त्रिक बाटोबाट जान्छौं कि भिन्नमतलाई निषेध गरेर जान्छौं र एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने अहिलेको मुल कुरा रहेको बताए ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुइदिनअघि नेकपा प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका थिए।

    सो अबसरमा सहिद शुकदेब गुरुङ राष्ट्रिय कार्यदलका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरु दधिराम न्यौपाने,बसन्त घर्ती मगर,त्यस्तै गिता सारु मगर,झमबहादुर गुरुङ,रामप्रसाद बन्जाडे, कार्यदलका संजय गुरुङको संचालनमा कार्यक्रम भएको थियो । 

    DEV GRG.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology