Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

  • 3.3K
    SHARES

  • राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

    कार्तिक,दाङ ३ ।

    लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए ।

    प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केहि वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केहि वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथा अवस्थामा विक्रि वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो ।

    सरकारका गृह मन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको बताए । शुक्रवार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने, र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिए ।

    ucms.jpg

    स्थानीयको जनजीविका सहज गराउ र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको पाण्डेयको भनाई छ ।  
    तीन वर्ष अघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा विक्रि वितरण र खण्डीकरणमा रोक लगाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology