Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘रुपन्देही यातायातको राजधानी,यात्रा सुरक्षित बनाउन सबै जुटाैँ’

‘रुपन्देही यातायातको राजधानी,यात्रा सुरक्षित बनाउन सबै जुटाैँ’

  • 1.4K
    SHARES

  • ‘रुपन्देही यातायातको राजधानी,यात्रा सुरक्षित बनाउन सबै जुटाैँ’

    बुटवल,कार्तिक ३ ।

    चाडपर्वको बेला सुरक्षित यात्राको लागि अझ बढि ध्यान दिनुपर्ने बुटवलमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन्। यो बेला दसैं मान्न घर जाने यात्रुहरुको चाप बढेको छ। यात्रुहरुको चाप बढ्दा दुर्घट्नाको जोखिम पनि बढ्ने भन्दै सरकारी निकाय र सम्बन्धीत पक्ष सचेत हुनुपर्ने कार्यक्रममा बताइएको थियो।

    सुरक्षित यात्रा नेपालले बडादसैं, तिहार, छठ र नेपाल सम्बतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, यात्रायात व्यवसायी र सरोकारवालाहरुले सवारी दुर्घट्ना न्युनिकरणको लागि आ-आफ्नो क्षेत्रबाट पहल गर्ने बताएका थिए।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले रुपन्देही यातायातको राजधानी भएकाले यहीबाट सुरक्षित यात्राको सन्देश दिनुपर्ने बताए। सवारी दुर्घट्नाको कारण मानविय, यान्त्रीक र राज्य भएको भन्दै तिन दुर्घट्ना न्युनिकरणको लागि चालक सचेत हुनुपर्ने, गाडीको इन्जिन राम्रो हुनुपर्ने र राज्यले पनि बाटोघाटो सहज बनाउनुपर्ने धारणा राखे।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले चाडपर्वमा मात्र नभई अरु बेला पनि दुर्घट्ना न्युनीकरणको कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरे। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले दुर्घट्नापछि ठूलो रकम खर्च हुने भन्दै त्यस अघि नै दुर्घट्ना रोक्न पहल गर्नुपर्ने उल्लेख गरे। प्रालिको तर्फबाट दुर्घट्ना न्युनिकरणमा कुनै कन्जुसाइ नगरेको उनको भनाइ छ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाकी प्रहरी निरिक्षक सोभा पाण्डेले ट्राफिक प्रहरीले आफ्नो श्रोत साधनले भ्याएसम्म सुरक्षित यात्रा गराउन लागेको बताइन्।

    सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ती अधिकारी, अभियान्ता तथा एम्स कलेजका प्रमुख दिपक ढकाल, यातायात मजदुर तथा भलाइ कोषका दिनेश फूल्लेल, काउनका अध्यक्ष जेबी गुरुङ, प्राज्ञिक विद्यार्थी परिषदका सुवेन्द्रप्रसाद यादव, यातायात कर्मचारी महासंघका बाबुराम अधिकारी, पत्रकार दामोदर खनाल, तिलोत्तमाका वडाध्यक्ष रमेश डुम्रे लगायतले निर्माणाधिन सडक चाँडो बन्नुपर्ने, जोखिम युक्त सडकका बारेमा चालक तथा यात्रुलाई सन्देश प्रवाह गर्नुपर्ने, चालकलाई प्रशिक्षण र सम्मानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology