Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

प्रिन्सिपल पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने युसीएमएसका बिद्यार्थीको चेतावनी

प्रिन्सिपल पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने युसीएमएसका बिद्यार्थीको चेतावनी

  • 1.1K
    SHARES

  • प्रिन्सिपल पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने युसीएमएसका बिद्यार्थीको चेतावनी

    भैरहवा,कार्तिक २ ।

    रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, शिक्षण अस्पताल (युसीएमएस) मा आन्दोलनरत विद्यार्थीहरुको समूहले कलेजका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

    आन्दोलनरत विद्यार्थीहरुले अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर कलेज प्रिन्सिपल पाठकले विद्यार्थीको अभिभावकत्वको जिम्मेवारी बहन गर्नुको सट्टा आफ्ना माग लिएर गएका बिद्यार्थीलाई उल्टै अपमानजनक व्यवहार गर्ने गरेकाले आन्दोलन गर्नुपरेको बताए ।युसीएमएसमा विद्यार्थीहरुको सहमतिबिना एकतर्फी रुपमा डे«सकोड लागू गर्न खोजेको विषयबाट विद्यार्थी र प्रिन्सिपलबीच उत्पन्न विवादले आन्दोलनको रुप लिँदै गएको हो ।

    आन्दोलनरत विद्यार्थीहरुले अस्पतालको ओपिडी सेवा परिसर अगाडि रिले अनशन जारी राखेका छन् । आन्दोलनमा अस्पतालमा कार्यरत इन्टर्न र रेजिडेनेट (आवासीय) चिकित्सक पनि सहभागी छन् ।आन्दोलनरत समूहका इन्टर्न चिकित्सक डा. अशोक पाण्डेले विद्यार्थीले भोग्दै आउनुपरेको विभिन्न माग सम्बोधनका लागि प्रिन्सिपल समक्ष जाँदा कुनै सुनुवाई नगरी प्रिन्सिपल पाठकले अपमानजनक व्यवहार गरेको आरोप लगाए ।

    आन्दोलनरत विद्यार्थीले कक्षा नियमित नभएको, प्राक्टिकल नियमित नभएको, पुस्तकालय अपडेट नभएको, अस्पतालमा इन्टर्नसीप गर्ने चिकित्सकलाई त्रिवि अन्तर्गतका अन्य अस्पतालमा दिने गरिएको पारिश्रमिक समान नदिएर शोषण गरिएको, अत्याधिक समयसम्म ड्युटीमा लगाउने गरिएकोलगायतका आरोप लगाएका छन् ।विद्यार्थीले आफूलाई हप्ता दिनसम्म अफिसमै बन्धक बनाएको प्रिन्सिपल पाठकले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गरेकी थिइन् । विद्यार्थीले उनकै अफिसमा नियन्त्रणमा राखेको प्रिन्सिपल पाठकलाई प्रहरीले गत आइतबार निकालेको थियो ।

    आन्दोलनरत विद्यार्थीले भने आफ्नो माग पूरा गराउन दबाबस्वरुप पाठकलाई उनकै कार्यकक्षमा धर्ना दिएको तर पाठकको कुनै पनि अधिकार हनन् हुने खालको क्रियाकलाप नगरिएको दावी गरेका छन् ।रुपन्देही जिल्ला प्रशासन कार्यालय समेतले मध्यस्थता गर्दै उक्त कलेजको विवाद टुंग्याउन आन्दोलनरत पक्ष र व्यवस्थापन पक्षबीच पटकपटक वार्ता गरे पनि समाधान निस्केको छैन । आन्दोलनका कारण उक्त अस्पतालमा उपचार सेवा प्रभावित हुँदा बिरामी मारमा वरेका छन् ।युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले विद्यार्थीका मागप्रति अस्पताल प्रशासन सकारात्मक रहेको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology