बुटवल, कार्तिक २ ।
नेपाल ईन्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेश र मेटल्स काष्ट प्रालि बुटवलले संयुक्त रुपमा धातु काष्टिङ्ग सम्वन्धी अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम बुटवलमा गरेका छन् ।
एशोसियशनका सभापति इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनैपनि बस्तुको निर्माण र त्यसको दिर्घकालसम्म टिकाउका लागि ईन्जिनियरिङ्ग महत्वपुर्ण पक्ष भएकाले इन्जिनियरिङ्गको पक्षमा सबै गम्भिर हुनु पर्ने बताउनुभयो ।
उहाँले बस्तुको मात्रा, आयु, स्वरुप त्यसको इन्जिनियरिङ्गमा भरपर्ने भएकाले यो इन्जिनियर इन्जिनियरिङ्गका विषयमा सबैले बुझ्नु आवश्यक रहेको बताउनुभयो ।
मेटल काष्टको नेपालमा धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले बडा दशै, शुभ दीपवाली, नेपाल सम्बत र छठ पर्वको शुभकामना समेत दिनु भएको थियो । मेटल्स काष्टका प्रवन्ध निर्देशक निश्चल शर्माले धातु काष्टिंगका बिबिध बिषयमा प्रस्तुतीकरण गर्नु भएको कार्यक्रममा देबदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, एशोसियशनका पूर्व सभापति ईन्जिनियर कुसुम ज्ञवाली, ईन्जिनियर दीपक श्रेष्ठ, इन्जिनियर सोमनाथ अधिकारी लगायतले नेपालमा धेरै सम्भावना बोकेको मेटल काष्टका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो ।
एशोसियशनका सचिब ईन्जिनियर गोबिन्द गौतमको संचालन, ईन्जिनियर दर्शन तिवारीको स्वागतमा कार्यक्रम भएको थियो । सो अवसरमा नगरपालिकाका प्रतिनिधी, नेपाल हाईड्रो, बिटीआई इन्जिनियर लगायतको टोलीले औद्योगिक क्षेत्रमा रहेको मेटल्स काष्ट उद्योगको अवलोकन भ्रमण समेत गरेको मेटल काष्टका कार्यकारी निर्देशक ईन्जिनियर प्रविना घिमिरेले जानकारी दिनुभयो ।
बुटवल हाटबजारमा रहेको एशोसियनकै भवनमा प्रविधि सम्वन्धिका छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु निरन्तर संचालनहुने गरि सोही दिन शुभारम्भ गरिएको समेत इन्जिनियर घिमिरेले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)